कम्पनी सम्बन्धी जानकारी
नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको पहलमा मिति २०७६/०१/०४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. २१३२४०/०७५/७६ कायम भई यस मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना भएको हो । यस कम्पनीको प्रबर्धनमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.१२ र १३ मा मुख्य संरचना रहने गरी ९.८४ मेगावाट क्षमताको “दरौंदी नदी जलविद्युत आयोजना” (अर्धजलाशय युक्त ६ घण्टा पिकिङ आवर रहेको) निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादित विद्युत ३३ के.भी. करिब ५ किलो मिटर ट्रान्समिशन लाईन निर्माण गरी नेपाल विद्युत प्राधिकरणको मार्कीचोक स्थित सवस्टेशनमा जोडेर राष्ट्रिय प्रशारण लाईनमा समाहित गरिनेछ ।